रौतहटमा मोर्चाको आन्दोलनका कारण पाँच महिना बन्द रहेको यातायात सञ्चालनमा

रौतहटमा मधेसी मोर्चाको आन्दोलनका कारण बन्द रहेको यातायात आजदेखि सञ्चालनमा आएको छ । 
सदरमुकाम गौर भित्रने र बाहिरिने यातायातका साधन सञ्चालन गर्न दिने निर्णय मोर्चाले गरेको हो ।
पाँच महिनादेखि बन्द रहेको यातायात संचालनमा आएपछि यात्रुहरुले राहतको श्वास फेरेका छन् । 
बन्दले सर्वसाधारण र बस ब्यबसायी मर्कामा परेका थिए । बन्दकै कारण बस व्यवसायीले दैनिक २ लाख ५० हजारभन्दा बढी घाटा व्यहोर्नु परेको बस व्यवसायी संघ रौतहटका अध्यक्ष लालबाबु गिरीले जानकारी दिए । – इमेजखबरमा समाचार छ ।