म्याग्दीको उच्च पहाडी क्षेत्रमा रहेका पाँच वटा गाविसका स्थानीय भौगोलिक विकटताका कारण सेवा सुविधाबाट वञ्चित

 म्याग्दीको उच्च पहाडी क्षेत्रमा रहेका पाँच वटा गाउँ विकास समितिका स्थानीय भौगोलिक विकटताका कारण राज्यले दिने सेवा सुविधाबाट वञ्चित भएका छन् ।
जिल्लाका गुर्जा, मुदी, मुना, ताकम र लुलाङ गाविसका ११ हजारभन्दा बढी जनता भौगोलिक विकटताकै कारण सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा आधारभूत सेवा सुविधाबाट बञ्चित भएका हुन् ।
पश्चिम म्याग्दीका यी पाँच गाउँमा खानेपानी, संचार, यातायात, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत साधनमा पनि सहज पहुँच हुन नसकेको हो ।
सामान्य विरामी र चोटपटकको प्राथमिक उपचारका लागि समेत दुई दिनको बाटो हिडेर दरवाङ वजार पुग्न बाध्य भएको गुनासो स्थानीयको छ । इमेजखबरमा समाचार छ ।