कँवरिया बाबाहरुको धर्नाले ठप्प भएको वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहको ढुवानी सुरक्षाकर्मीले बल प्रयोग गरेर खुलाएका छन् ।
हिन्दू परम्पराअनुसार वर्षेनि निस्किने कँवरिया समूहले सुक्खा बन्दरगाह जोडिने बाटोको सिर्सियाचोकमा धर्ना बसेपछि विहीबार दिउँसोदेखि सुक्खा बन्दरगाहबाट मालबाहक गाडीको निकासी रोकिएको थियो ।
नेपालको मुख्य व्यापारिक नाकाको वीरगन्ज-रक्सौलबीचको सीमामा मधेसी मोर्चाले असोज ७ देखि धर्ना दिँदै नाका अवरोध गरेपछि सुक्खा बन्दरगाहमा आयातको चाप बढेको हो ।
यो बाटो भएर तीन महिनायता करिब १५ हजार सवारी-साधन नेपाल भित्रिएको सुक्खा बन्दरगाहको तथ्यांक छ ।
वीरगन्ज नाकामा अवरोध गरेका मोर्चाले सुक्खा बन्दरगाहबाट निकासी रोक्न पछिल्लो समयमा प्रयास गर्दै आएका थिए । उनीहरुले धार्मिक समूह कँवरियासँग मिलेर बाटो अवरुद्ध गर्न लगाएका थिए ।
शुक्रबार दिउँसो २ बजेदेखि सुक्खा बन्दरगाहको ढुवानी निकासी सुचारु भएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए । इमेजखबरमा समाचार छ ।