जिल्ला अदालत दार्चुलाबाट फैसला भएका विभिन्न मुद्दाका १ सय ७२ अभियुक्त फरार रहेका छन्। जिल्ला अदालतको यो तथ्याङ्क विस २०३९ देखि २०७२ पुस मसान्तसम्मको हो।
तथ्याङ्कअनुसार ४२ जनालाई कैद, १०१ जनालाई जरिवाना तथा ३० जनालाई कैद र जरिवाना गरी दुवै सजायको फैसला भएको छ। हालसम्म १३७ वर्ष नौ महिना पाँच दिन कैद बाँकी रहेको छ भने करिब १२ लाख २१ हजार रूपैयाँ जरिवानास्वरुप असुल गर्न बाँकी रहेको छ।
त्यस्तै चालु आवको पुस मसान्तसम्ममा ४६ वर्ष तीन महिना कैद तथा करिब सात लाख ३८ हजार जरिवाना असुल भएको जिल्ला अदालतले जनाएको छ। रासस