नेपाल भारत सीमा नाकाबाट आयात प्रभावित हुने क्रम जारी, वीरगन्ज-रक्सौल नाका ठप्प

नेपाल भारत सीमा नाकाबाट आयात प्रभावित हुने क्रम आज पनि जारी रह्यो । आज दिनभरमा विभिन्न नाकाबाट ९८ ट्यांकर इन्धन भित्रिएको छ ।
कांकडभिट्टा-पानीट्याङ्की नाकाबाट पेट्रोलियम पदार्थ बाहेकका २२० वटा मालवाहक गाडीमात्र नेपाल भित्रिएका छन् ।
यस्तै विराटनगर-जोगबनी नाकाबाट दिनभरमा ११ ट्यांकर डिजेल, १ ट्यांकर पेट्रोल, ९ बुलेट ग्यास, २ ट्रक औषधिसहित १५५ वटा मालवाहक गाडी नेपाल प्रवेश गरेको सीमा प्रहरी कार्यालयले जनाएको छ ।
भैरहवा-सुनौली नाकाबाट दिनभरमा २६ ट्यांकर डिजेल, १० ट्यांकर पेट्रोल, १० बुलेट ग्याससहित २२० वटा मालवाहक गाडी नेपाल प्रवेश गरेको सीमा प्रहरी कार्यालयले जनाएको छ ।
नेपालगञ्ज-रुपैडिहा नाकाबाट आज दिनभरमा १९ ट्यांकर डिजेल, ९ ट्याङकर हवाई इ्रन्धन र ३ बुलेट ग्याससहित ७० वटा मालवाहक गाडी नेपाल भित्रिएका छन् ।
उता, हिजो एक घण्टा खुलेको वीरगन्ज-रक्सौल नाका भने आज ठप्प रह्यो । इमेजखबरमा समाचार छ ।