काठमाण्डौ । सन् २०१५ मा नेपालका लागि दुई प्रजातीका नयाँ चरा पत्ता लगाउने अनुसन्धानकर्ताहरु सम्मानित भएका छन ।
नेपाल पन्छी संरक्षण संघको ३३ औ वार्षिक साधारण सभाको कार्यक्रममा नेपालका लागि नयाँ प्रजातीको लाटोकोसेरो मोल्टेड उड आउल (Mottled Wood Owl) पत्ता लगाउने राम बहादुर शाही र बेन्जामीन स्मेल्ट र भारद्धाजको नयाँ प्रजाती तिबेतियन लार्क (Tibetan Lark) पत्ता लगाउने नरेश कुसी र जेराल्डीन वेरह्यामलाई उहाहरुको कामको उच्च मुल्याङ्कन गर्दै सम्मानित गरीएको हो । यस सँगै नेपालमा पाईने चराको प्रजाती संख्या ८७७ पुगेको छ ।

नेपाल पन्छी संरक्षण संघले आफ्नो स्थापनाको ३३ औ वार्षिक उत्सव मनाउदै गर्दा बढदो शहरीकरणले चरामा पारेको प्रभाव अध्ययन र संरक्षण अभियानको थालनी काठमाण्डौ लगाएत अन्य ठुला शहरहरुबाट गरीएको संघका प्रमुख कार्यकारी अधिकृत डा. नरेन्द्रमान बाबु प्रधानले बताय । यसैगरी हालैको वर्षमा नेपालमा विद्यमान २७ ओटा चरा र जैवीक विविधताका लागि महत्वपुण क्षेत्रहरुमा थप नयाँ क्षेत्रहरुको पहिचान गरी ३६ पु-याईएको संघकी वरीष्ठ संरक्षण अधिकृत इशाना थापाले बताईन । संघका अध्ययक्ष युवराज बस्नेतको अध्ययक्षता र संस्थापक अध्ययक्ष हरी शरण नेपाली काजीको प्रमुख आतिथ्यतमा सम्पन्न ३३ औ वार्षिक साधरण सभामा कार्यक्रम तथा आर्थिक प्रतिवेदन प्रस्तुत क्रमशः महासचिव राजेन्द्र गुरुङ र कोषाध्यक्ष अशोक बहादुर मल्लले गरेका थिए ।

सन् १९८२ मा स्थापना भएको नेपाल पन्छी संरक्षण संघले नेपालमा पंक्षीहरुको वैज्ञानीक अध्ययन तथा संरक्षण र वासस्थान व्यवस्थापनमा नेतृत्वदायी भुमिका खेल्दै आएको छ । बर्डलाईफ ईन्टरनेशनलको साझेदार रहेको यस संघले गिद्ध, खरमजुर जस्ता लोपोन्मुख, अतिसंकटापन्न तथा दुर्लभ चराहरुको वैज्ञानिक अध्ययन तथा संरक्षणका कार्यहरुका साथै चरा र जैविकविविधताको लागि महत्वपुर्ण क्षेत्रहरुमा कामहरु गरीरहेको छ । सदस्यतामा आधारीत यस संस्थाले आफ्ना सदस्यहरु बढाउदै, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन विभागसँग समन्वय र स्थानीय समुदायसँग साझेदारी गरी नेपालमा पंक्षी एवं जैविक विविधता संरक्षणमा थप टेवा पु-याउने लक्ष्य लिएको छ ।
थप जानकारीका लागिः bcn@birdlifenepal.org / 01-4417805, 4413884
Krishna Bhusal contributed to this report.