जनकपुरको ब्रम्हपुरीमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । मोर्चाका कार्यकर्ताले कांग्रेस सांसद लिला कोइरालाको घर अगाडी प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप भएको हो ।
झडपको क्रममा एक दर्जन प्रदर्शनकारी र चार प्रहरी घाइते भएका छन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन ६ सेल अश्रु ग्याँस र लाठी चार्ज गरेको थियो । घाइतेहरु सबैको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
कांग्रेसको अधिवेशन बिथोल्ने निर्णय गरेको मोर्चाका कार्यकर्ताले हिजो पनि सांसद कोइराला र रामकृष्ण यादवको घर घेराउ गरी प्रदर्शन गरेका थिए ।
आज बिहानैदेखि आन्दोलनकारीले सांसद कोइरालाको घर वरिपरि प्रदर्शन थालेपछि प्रहरी तैनाथ गरिएको थियो । त्यसक्रममा आन्दोलनकारीले पेट्रोल बमसमेत प्रहार गरेको प्रहरीले जनाएको छ ।
उता, जनकपुरको मुझेलियामा नेपाली कांग्रेसका कार्यकर्ता ब्रम्हदेव मिश्रको घरमा भईरहेको अधिवेशन मधेसी मोर्चाका कार्यकर्ताले बिथोलिदिएका छन् । इमेजखबरमा समाचार छ ।