राप्रपासँग पार्टी एकताका लागि छलफल गर्न राप्रपा नेपालले नयाँ वार्ता समिति बनाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले पार्टी एकताका लागि उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमामा ५ सदस्यीय वार्ता टोली गठन गरेको हो ।
समितिमा उपाध्यक्ष निरञ्जन थापा, महामन्त्रीद्वय राजेन्द्र लिङ्गदेन, डा. धवल शम्शेर राणा र सहप्रवक्ता मोहन श्रेष्ठ छन्। राप्रपाले भने नेता बुद्धिमान तामाङको संयोजकत्वमा वार्ता टोली गठन गरिसकेको छ। यसअघि राप्रपाले दीपक बोहरा र राप्रपा नेपालले केशरबहादुर विष्टको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए।
त्यस्तै बैठकले हिन्दुत्व जागरण सभा आगामी फागुन मसान्तसम्ममा ५ वटै विकास क्षेत्रमा गर्ने भएको छ । जसमा पूर्वाञ्चलको इटहरी, मध्यमाञ्चलको बीरगंज, पश्चिमाञ्चलको बुटबल, मध्यपश्चिमाञ्चलको दाङ्ग र सुदुरपश्चिमाञ्चलको धनगढीमा सभाहरु गर्ने निर्णय गरिएको छ । जसका लागि क्रमशः केन्द्रीय सदस्य तथा भूमिसुधार मन्त्री रामकुमार सुब्बा, उपाध्यक्ष राजीव पराजुली, उपाध्यक्ष नीरञ्जन थापा, महामन्त्री डा.धवलशम्शेर राणा र सुदुर पश्चिमाञ्चल संयोजक तथा केन्द्रीय सदस्य चन्द्रबहादुर गुरुङ्ग