अत्याधिक चिसोका कारण सिन्धुलीका भूकम्पपीडित बिरामी पर्न थालेका छन् ।
उच्च पहाडी भागमा लगातार परेको तुषारो र हिउँले मौसम नै प्रतिकुल भएपछि मझुवा, नागी, मदनवास र चालिसेका भूकम्प पीडत विरामी पर्न थालेका हुन् ।
जस्ता र पालको सहारामा रात गुजार्दै आएका भूकम्प पीडित चिसोको प्रकोप र पौष्टिकयुक्त खानपानको अभावले विरामी पर्न थालेका हुन् ।
यहाँका अधिकांश बृद्ध बृद्धामा ज्वरोको संक्रमण देखिएको छ । भूकम्प गएको नौ महिना वितिसक्दा पनि सरकारले पीडितलाई घर निर्माणका लागि राहत र ऋणको प्रवन्ध गर्न नसक्दा उनीहरु कष्टकर जीवन विताउन बाध्य छन् । – इमेजखबरमा समाचार छ ।