नेकपा एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु)को यही माघ २७ गतेदेखि काठमाडौंमा हुने २२ राष्ट्रिय महाधिवेशनमा एक हजार ५५० प्रतिनिधि हुने भएका छन् ।
देशभरका सबै जिल्ला र क्याम्पसबाट गरी ती प्रतिनिधि चयन भएको र महाधिवेशनको अन्य तयारी अन्तिम चरणमा पुगेको संगठनका महासचिव तथा प्रतिनिधि व्यवस्थापन समितिका संयोजक नवीना लामाले जानकारी दिइन् ।
महाधिवेशनका लागि उपाध्यक्ष दीपक गौतमको संयोजकत्वमा मूल व्यवस्थापन समिति, उपाध्यक्ष ऐन महरको संयोजकत्वमा प्रचार तथा जनपरिचालन समिति, उपाध्यक्ष थोमस बाँस्तोलाको संयोजकत्वमा खाद्य व्यवस्थापन समिति गठन गरिएको छ ।