एमाले झलनाथ खनालद्वारा पार्टी सामूहिक नेतृत्वअनुसार चल्न नसकेको आरोप

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी सामूहिक नेतृत्वअनुसार चल्न नसकेको आरोप लगाएका छन् ।
मदन भण्डारी अध्ययन केन्द्रले मंगलबार राजधानीमा गरेको छलफल कार्यक्रममा खनालले नवांै महाधिवेशनको निर्णय पार्टीमा लागू नभएको आरोपसमेत लगाए ।
पार्टीमा व्यक्ति विशेषले निर्णय गर्ने प्रवृत्ति हावी भएको पनि उनले बताए ।
कार्यक्रममा अर्का वरिष्ठ नेता माधवकुमार नेपालले एमाले नेतृत्वको सरकारले कामभन्दा कुरा धेरै गरेको टिप्पणी गरे ।
हावा र सोलारबाट बिजुली निकाल्ने काम नेपालका लागि महँगो र उपयुक्तसमेत नहुने नेपालको दाबी थियो ।
नवौं महाधिवेशन भएको डेढ वर्षसम्म पनि पार्टीमा कार्यविभाजन हुन नसकेको भन्दै उनले त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताए ।
कार्यक्रममा माधव नेपाल पक्षीय पदाधिकारीहरु, स्थायी कमिटी सदस्यहरु, सभासदहरु र विभिन्न निकायका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । – इमेजखबरमा समाचार छ ।