बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सम्पूर्ण कर्मचारी काम छाडेर आन्दोलनमा उत्रिएपछि सबै सेवा ठप्प

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सम्पूर्ण कर्मचारी काम छाडेर आन्दोलनमा उत्रिएपछि अस्पतालको आकस्मिकबाहेकका सबै सेवा ठप्प भएका छन् ।
प्रतिष्ठान व्यवस्थापनले विगतमा भएका सहमति कार्यान्वयन नगरेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिष्ठानले मनोमानी ढंगले कोठा भाडा लिन सुरु गरेको, विद्युत् शुल्क बढाएको र स्वास्थ्य बिमा शुल्क बढाएको भन्दै प्रतिष्ठानका कर्मचारीहरु मंगलबारदेखि आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन् ।
चिकित्सकहरुले पनि ओपीडीमा बिरामी जाँच्न छाडेका छन् भने भिडियो एक्सरे, सिटी स्क्यान, एमआरआई तथा विभिन्न प्रकारका ल्याब टेस्टको काम पनि बन्द भएका छन् । जसका कारण सेवाग्राहीहरु प्रत्यक्ष मारमा परेका छन् ।  – इमेजखबरमा समाचार छ ।