बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सम्पूर्ण कर्मचारी काम छाडेर आन्दोलनमा उत्रिएपछि अस्पतालको आकस्मिकबाहेकका सबै सेवा ठप्प भएका छन् ।
प्रतिष्ठान व्यवस्थापनले विगतमा भएका सहमति कार्यान्वयन नगरेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
प्रतिष्ठानले मनोमानी ढंगले कोठा भाडा लिन सुरु गरेको, विद्युत् शुल्क बढाएको र स्वास्थ्य बिमा शुल्क बढाएको भन्दै प्रतिष्ठानका कर्मचारीहरु मंगलबारदेखि आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन् ।
चिकित्सकहरुले पनि ओपीडीमा बिरामी जाँच्न छाडेका छन् भने भिडियो एक्सरे, सिटी स्क्यान, एमआरआई तथा विभिन्न प्रकारका ल्याब टेस्टको काम पनि बन्द भएका छन् । जसका कारण सेवाग्राहीहरु प्रत्यक्ष मारमा परेका छन् । – इमेजखबरमा समाचार छ ।