प्रधानमन्त्रीद्वारा राष्ट्रिय प्रजातन्त्र दिवसको कार्यक्रमलाई सरकारको अगुवाइमा व्यापक जनसहभागितामा मनाउन आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र दिवसको कार्यक्रमलाई सरकारको अगुवाइमा व्यापक जनसहभागितामा मनाउन आह्वान गरेका छन् ।
६६औं राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको कार्यक्रमकोबारेमा छलफल गर्न बुधबार गृह मन्त्रालयमा आयोजित बैठकमा प्रधानमन्त्री ओलीले यस्तो आह्वान गरेका हुन् ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित २४ सदस्यीय मूल समारोह समितिले फागुन ६, ७ र ८ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने तयारी गरेको छ ।
प्रजातन्त्र दिवस मनाउन सन्चारमन्त्री शेरधन राईको संयोजकत्वमा २२ सदस्यीय प्रचार-प्रसार उपसमिति, काठमाडौं महानगरपालिकाका प्रमुखको संयोजकत्वमा ८ सदस्यीय मन्च सजावट तथा पञ्च व्यवस्था उपसमिति र काठमाडौंका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १३ सदस्यीय ग्राउन्ड, कवाज, व्यायाम व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ । – इमेजखबरमा समाचार छ ।