सरकारले सञ्चार नीतिको मस्यौदा तयार पार्न काशीराज दाहालको संयोजकत्वमा समिति गठन गठन गरेको छ।
बुधवार बसेको मन्त्रिपरिषदको बैठकले सञ्चार नीति मस्यौदा तयार गर्न दाहालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो। समितिमा प्रेस काउन्सिलका अध्यक्ष बोर्णवहादुर कार्की र नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट सदस्य रहेका छन्। समितिले अघिल्लो सरकारका पालामा तयार पारिएको नयाँ संचार नीतिको मस्यौदा पुनरावलोकन गरी नयाँ मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको छ।
संविधानको मर्म अनुरुपको संचार नीति बनाउनका उच्चस्तरीय समिति गठन गरिएको सूचना तथा संचारमन्त्री शेरधन राईले जानकारी दिए। उच्चस्तरीय समितिलाई संविधानको भावना अनुसार संघ, प्रदेश र स्थानीय तहमा रहने सूचना तथा संचार सम्बन्धी संरचनागत ढाँचा र नियमक निकायको बारेमा सिफारिस गर्ने तथा सूचना तथा आमसंचार सम्बन्धी कानूनहरुलाई संविधान अनुरुपको बनाउने गरी मस्यौदा बनाउने जिम्मेवारी समेत तोकिएको छ।
मन्त्रीपरिषद् बैठकल समितिमा रहने अन्य सदस्यहरुको नियुक्ति गर्ने जिम्मेवारी सूचना तथा संचार मन्त्रालयलाई दिएको छ। सुचना तथा सञ्चार मन्त्री राईले समावेशी सिद्धान्तलाई आत्मसात गरे अन्य सदस्इहरु नियुक्त गरिने बताए।
तीन महासेनानी सहायक रथीमा बढुवा
मन्त्रीपरिषद् बैठकले महासेनानीहरु सञ्जयसिंह भण्डारी, पदमकुमार आङदम्बे र जितबहादुर गुरुङलाई सहायक रथीमा बढुवा गरेको छ भने तारा विक्रम शाह, राजेन्द्र कार्की, राजु बस्नेत लगायतका पाँच जना सहायक रथीको सरुवा गरेको छ।
बैठकले लोकसेवा आयोगको सिफारिस अनुसार २२ जना निजामति कर्मचारीलाई सहसचिवमा बढुवा गरेको छ।
यस्तै, बैठकले चीनको सिचुवान प्रान्तमा महावाणिज्यदूतावास स्थापनार्थ चीनको सहमति लिनका लागि अनुरोध गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ। सेतोपाटीमा समाचार छ ।