राष्ट्रपतिद्वारा विनाशकारी भूकम्प, सीमा अवरोधले नेपालमा गम्भीर मानवीय संकट निम्त्याएको उल्लेख

राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्प, सीमा अवरोधले नेपालमा गम्भीर मानवीय संकट निम्त्याएको बताएकी छन्। 
 
बैशाखमा गएको महाभूकम्प र पछिल्लो समयमा भएको सीमा अवरोधले मुलुकमा गम्भीर संकट उत्पन्न भएको छ, बुधवार पोखरामा विश्व शान्ति पूजाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले, भनिन्, संकटको निकाराकरण गर्न पूजा फलदायी हुनेछ।
 
उनले  नेपाल जातिय धार्मिक र सांस्कृतिक रुपमा मौलिक र समृद्व भएको  बताइन्। मौलिक संस्कृतिक सुरक्षित रहेका सन्देश विश्व सामु पु-याउन शान्ति पूजा फलदाइ हुने बताइन्। 
 
सग्रहालय परिसरमा पर्वतारोण संघका प्रथम अध्यक्ष स्व दावा नोर्बु शेर्पा, स्व कुमार खड्क विक्रम शाह र स्व डा हर्क गुरुङको प्रतिमाको राष्ट्रपति भण्डारीले अनावरण गरिन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले विश्वमा बुद्धको बारेमा छरेको भ्रमलाई चिर्न जेठमा अन्तराष्ट्रिय सम्मेलन गर्ने बताए। उनले बुद्ध जयन्तिको अवसरमा विश्व नेता तथा धर्मालम्बीलाई बोलाउने बताए। 
 
चार दिन सम्म सञ्चाल नहुने विश्व शान्ति पुजा पोखराको अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा सञ्चालन भएको छ । पूजामा विभिन्न देशबाट २० हजार भन्दा बढी धार्मिक पर्यटकलाई पोखरा ल्याउने लक्ष्य आयोजकले राखेको छ।
 
पूजामा शाक्य ट्रिजेन रिन्पोछे मुख्य गुरु छन् भने अन्य २ सय जना लामाले पाठ गरेका छन्। सेतोपाटीमा समाचार छ ।