तराई-मधेसको समस्या समाधानका लागि नेपाली सेना परिचालन गर्न मजदुर किसान पार्टीको माग

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले तराई-मधेसको समस्या समाधानका लागि नेपाली सेना परिचालन गर्नुपर्ने बताएका छन् ।
बुधबार भक्तपुरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै बिजुक्छेले तराई-मधेसमा जारी अशान्ति नियोजित रहेकाले सेना परिचालन गरेर भएपनि शान्ति बहाली गराउनुपर्नेमा जोड दिए ।
मुलुकमा स्थीर सरकार आवश्यक भएकाले फेरि सरकार परिवर्तन गर्ने कुरा उपयक्त नभएको उनको भनाइ थियो ।
बिजुक्छेले मुलुकमा भारतसँग आत्मसमर्पण नगर्ने सरकार जरुरी रहेको पनि बताए । – इमेजखबरमा समाचार छ ।