लगातारको नाकाबन्दीले आजित स्थानीयले शुक्रबार अपराहन वीरगन्ज-रक्सौल जोड्ने मितेरी पुलको अवरोध हटाएपछि आवागमन सुचारु भएको छ । साँझसम्म ४ दर्जनभन्दा बढी मालवाहक सवारी र तेस्रो मुलुकका कन्टेनर वीरगन्ज भन्सार परिसरमा भित्रिएका छन् । कान्तिपुरमा समाचार छ ।
पुन: धर्नामा बस्न आएका मधेसी मोर्चाका नेता र कार्यकर्ताको सीमावर्ती क्षेत्रका व्यापारीले प्रतिकार गरेका थिए । दर्जनौंको संख्यामा जुटेका व्यापारीले पुलबाट नेतालाई हटाएका थिए । नाकाको धर्ना १/२ दिनमा फिर्ता हुने भन्दै मोर्चाका कार्यकर्ताले बस्न दिन आग्रह गरे पनि व्यापारीले मानेनन् । अघिल्ला दिनहरूझैं स्थानीय एफएममा नेताहरूले अन्तर्वार्ता दिँदा पनि नाकामा गाउँबाट कार्यकर्ता आएनन् । १ सय ३५ औं दिनमा मितेरी पुलबाट धर्नाकारीको टेन्ट हटेपछि साना तथा ठूला गाडीको आवागमन सहज भएको छ ।
पुल भएर आवतजावत गर्ने सर्वसाधारणले धर्ना हटदा खुसी व्यक्त गरे । भारततर्फ रक्सौल कस्टमले जाँचपास गरी छाडेका मालवाहक सवारीलाई स्थानीयले ताली बजाउँदै पुल कटाएका थिए । वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता सुशील शर्माले साँझ ६ बजेसम्म ५० वटाभन्दा बढी सवारी साधन रक्सौल नाकाबाट भित्रिएको बताए । तेस्रो मुलुकबाट आएका १० कन्टेनर, नयाँ ट्रक र मालवाहक गाडी भित्रिने क्रम जारी छ, उनले भने, अधिकांश आयातकर्तालाई नाका खुल्ने थाहा नभएकाले कम गाडी भित्रिएका हुन् ।
नाकाबन्दीको सुरुवाती चरणमा ३ हजारभन्दा बढी सवारी साधन पारिपट्टि रोकिएका थिए । तर, अरू नाका विस्तारै सहज बन्दै गएपछि अधिकांश रि-रुट भएर नेपाल भित्रिसकेका छन्, रक्सौल कस्टमका एक अधिकारीले भने, अहिले मुस्किलले डेढ सय गाडी होलान् । धर्नास्थल नजिकै थुपारिएका क्लिंकर पनि व्यापारीले ट्रिपरमा लोड गरेर भित्र्याउन थालेका छन् ।
अपराहन करिब सवा १२ बजे सीमावर्ती क्षेत्रका व्यापारीले धर्नाकारी बस्ने टेन्टको बाँस उखेलेका थिए । प्रत्यक्षदर्शीका अनुसार त्यसपछि पालमा आगो लगाइदिए । त्यसबेला एक जना बाबाबाहेक धर्नास्थलमा कोही थिएनन् । त्यसपछि त्यहाँ पुगेका तराई