तराई आन्दोलन र भारतको अघोषित नाकाबन्दीले इन्धन अभाव हुँदा निर्माण अवरुद्ध भएका लमजुङका जलविद्युत् आयोजनाहरुको काम पुनः सुचारु भएका छन् ।
निर्माणाधीन ६ ओटा जलविद्युत् आयोजनाले इन्धन र निर्माण सामाग्री पाउन थालेपछि निर्माण कार्य सुचारु गरेका हुन् ।
जिल्लामा निर्माणाधीन ६ ओटा जलविद्युत् आयोजनाले आगामी ५ वर्षभित्रमा १ सय ५७ मेगावाट विद्युत् उत्पादन गर्नेछन् ।
लमजुङमा निर्माणधीन ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी