इन्डियन आयल कर्पोरेशन रक्सौल नेपाली ट्यांकरमा तेल भर्न तयार भएको छ । आईओसी रक्सौलले ईन्धन बोक्ने नेपाली ट्यांकरमा सोमबारदेखि तेल लोड गर्ने जनाएको छ ।
सोमबार बिहानदेखि नेपाली ट्यांकरमा दैनिक दुई हजारदेखि तीन हजार किलोलिटरसम्म पेट्रोलियम पदार्थ भर्न आइओसी तयार भएको अमलेखगञ्ज आयल निगम डिपोले जनाएको छ ।
शुक्रबार मध्यान्ह नाका खुलेको भए पनि आइओसीले दुई दिनसम्म पेट्रोलियम पदार्थ उपलब्ध गराएको थिएन । आईओसीसँग ईन्धन लोड गर्नका लागि रक्सौल बाहेकका डिपोमा रि-रुट गरिएकाले उक्त रि-रुट परिवर्तन गर्न समय लागेका कारण सोमबारदेखि मात्र तेल लोड गरिने अमलेखगञ्ज डिपोले जनाएको छ ।
अमलेखगञ्ज आयल निगम डिपो प्रमुख भानुभक्त खनालका अनुसार नेपाली ट्यांकरमा डिजेल, पेट्रोल लगायतका ईन्धन दैनिक दुई हजारदेखि तीन हजार किलोलिटरसम्म सोमबार तेल भरिने आइओसीले जनाएको छ । इमेजखबरमा समाचार छ ।