सुशील कोइरालाको निधनमा सिंगो मुलुक शोकमा डुबेको बेला कांग्रेस नेता डा. रामशरण महतले भने अधिवेशनमा विजयी भएकालाई बधाइ दिए

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनमा सिंगो मुलुक शोकमा डुबेको छ । शोक मनाउन सरकारले तीन दिनसम्म औपचारिक कार्यक्रम नगर्ने घोषणा गरेको छ । कांग्रेसले १३ दिन शोक मनाउने निर्णय गरिसकेको छ । महाधिवेशनका सबै कार्यक्रम स्थगित भएका छन् ।
यसबीच मै पूर्व मन्त्री तथा कांग्रेस नेता डा. रामशरण महतले भने स्थानीय निकायका अधिवेशनमा विजयी भएका नेता-कार्यकर्तालाई बधाइ दिएका छन् ।
मंगलबार साँझ ट्वीट गर्दै उनले लेखेका छन्, ‘खासगरी स्थानीय, क्षेत्रीय र जिल्लाका पदहरु र महाधिवेशन प्रतिनिधि तथा महासमितिमा निर्वाचित साथीहरुलाई थप बधाई ।
उल्लेखनीय छ, उनले बधाई दिएका