संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस, पहाड र हिमालबाट एकसाथ भीषण आन्दोलन गर्न तयारी भइरहेको बताएका छन् ।
पार्टीले बुधबार बाराको देवापुरमा गरेको कार्यक्रममा उनले दुई सय वर्षदेखि शोषित मधेस, पहाड र हिमालका जनजातिले अधिकार नपाउन्जेलसम्म आफूहरुको आन्दोलन चलिरहने बताए ।
बुधबारै विराटनगरमा सन्चारकर्मीसँग तमलोपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेश सीमांकनको टुंगो नलागेसम्म मधेसी मोर्चाको आन्दोलन नरोकिने बताए ।
अहिले आन्दोलनको स्वरुपमात्र फेरिएको भन्दै उनले सीमांकन मोर्चाको बटमलाइन भएको जिकिर गरे । इमेजखबरमा समाचार छ ।