एमाले भ्रातृ संगठन अनेरास्ववियुको २२औँ महाधिवेशन आज काठमाडौंमा सुरु हुँदै छ । भृकुटीमण्डपमा हुने महाधिवेशनको एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
महाधिवेशनको उद्घाटन बुधबार नै गर्ने तय भएपनि पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको निधनका कारण एक दिन पछि सारिएको थियो ।
महाधिवेशनमा संस्थापन पक्षबाट नवीना लामा र माधवकुमार नेपाल पक्षबाट दीपक गौतमबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ ।
लामाको समूहबाट उपाध्यक्षमा महेश बर्तौला, रश्मी आचार्य, सुनिता बराल र शैलेश लामा तथा महासचिवमा ऐन महरको नाम घोषणा गरिएको छ ।
गौतम समूहबाट भने उपाध्यक्षमा जीवन राई, राधिका खतिवडा, सरोज यादव, नीलकण्ठ आचार्य तथा महासचिवमा अब्दुल हुसेन खाँको उम्मेदवारी टुंगो लागेको छ । – इमेजखबरमा समाचार छ ।