संसद बैठक पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति शोक व्यक्त गर्दै फागुन ४ गतेसम्मका लागि स्थगित

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति शोक व्यक्त गर्दै व्यवस्थापिका-संसदको बैठक फागुन ४ गतेसम्मका लागि स्थगित भएको छ ।
संसदको विहीबार बसेको बैठकले कोइरालाको निधनप्रति सर्वसम्मत शोक प्रस्ताव पारित गरेको छ ।
शोक प्रस्तावमा कोइरालालाई संविधान जारी गर्ने र संविधानको अस्पस्टता हटाउँदै संशोधन गराउने अभियन्ता भनिएको छ । इमेजखबरमा समाचार छ ।