भ्रष्ट्राचारको अभियोगमा वीपी कोइराला क्यान्सर अस्पताल अध्यक्ष भक्तमान श्रेष्ठलाई अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अस्पतालमा सेवा प्रवेश गरेदेखि सार्वजनिक पदमा बहाल रहँदा पदीय जिम्मेवारीको दुरुपयोग गरी एक करोड सतसट्ठी लाख ५७ हजार एक सय तेह्र भ्रष्ट्राचार गरेको भन्दै उक्त मुद्दा दायर गरेको हो।
अख्तियारले भक्तमानपत्नी शिलुविरुद्ध पनि मुद्दा दायर गरेको छ। सेतोपाटीमा समाचार छ ।