कांग्रेस काठमाडौंको स्थगित चुनाव फागुन ५ गते हुने भएको छ । सभापति सुशील कोइरालाको निधनका कारण माघ २६ गतेका लागि तय भएको निर्वाचन स्थगित भएको थियो ।
निर्वाचन कार्यक्रमअनुसार फागु ४ गते दिउँसो १ बजेदेखि २ बजेसम्म मनोनयन दर्ता, २:१५ मा उम्मेदवारको प्रथम नामावली प्रकाशन, २:३० देखि ३:३० सम्म दाबीविरोध, ४ बजे अन्तिम नामावली प्रकाशन र ५ गते बिहान ९ बजेदेखि १२ बजेसम्म मतदान हुनेछ । कान्तिपुरमा समाचार छ ।