भूकम्पपीडित ११ जिल्लामा सुधारिएको फलामे चुलो वितरण आरम्भ

 वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले भूकम्पपीडित ११ जिल्लामा सुधारिएको फलामे चुलो वितरण आरम्भ गरेको छ । धादिङका ६ गाविसमा ३ हजार चुलो वितरणसँगै ११ उपत्यकाबाहेकका ११ जिल्लामा चालु आर्थिक वर्षमा २४ हजार घरधुरीलाई चुल्हो वितरण गर्ने अभियान सुरु गरिएको हो ।
गाविसका स्थानीय वडा नागरिक मन्चको सिफारिसमा सलाङ्ग गाविसका ३ सय ६० घरधुरीलाई फलामे चुलो वितरणको सुरुवात जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव विजय मलिकले गरे ।  
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले १ लाख ३४ हजार घरधुरीलाई चालु आर्थिक वर्षमै सौर्य उर्जा प्रणाली वितरण गरिने बताएका थिए । धादिङमा अस्थायी टहरामै वसोवास गर्ने करिव १५ हजार भूकम्पपीडितका लागि सौर्यउर्जा प्रणाली वितरण गरिने उनले बताए ।
स्थानीय विकास अधिकारी भगवान अर्यालले जिल्लामा सन् २०१७ सम्ममा धुवाँरहित चुलो जडान गरिसक्ने बताए । कान्तिपुरमा समाचार छ ।