सरकारले राष्ट्रिय उर्जा संकट कार्ययोजना पारित गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीबार बसेको मन्त्रिपरिषद बैठकले दुई वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने गरी तयार गरिएको कार्ययोजना पारित गरेको हो ।
बैठकले राष्ट्रिय उर्जा संकट कार्ययोजना २०७२ स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सन्चार प्रविधिमन्त्री शेरधन राईले जानकारी दिए ।
बैठकले २१ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णयसमेत गरेको छ ।
प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा छलफल गर्न विहीबारै साँझ फेरि मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । – इमेजखबरमा समाचार छ ।