भुकम्पका कारण क्षतिग्रस्त भौतिक संरचनाको पूर्ननिर्माण गर्ने उद्देश्यले गठन गरिएको पुननिर्माण प्राधिकरण दोलखामा काम सुरु नगर्दै विवादमा मुछिएको छ ।
विज्ञ टोलीसहित सर्वपक्षिय छलफलमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दुई साताभित्रै दोलखाबाट अभियान थालिने जनाएसँगै पुर्ननिर्माण प्राधिकरण विवादमा मुछिएको हो ।
परिचय पत्र वितरण, अस्थायी आवासको रकम, न्यानो कपडा वापतको रकम वितरण नगर्नु र गृह मन्त्रालयले नक्कली पीडितको आरोप लगाए पनि टुंगो नलगाई कार्य सुरु गर्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफलमा दल तथा नागरिक समाजले प्राधिकरणलाई विवादमा मुछेका हुन् ।
भूकम्पले सबैभन्दा बढी क्षति दोलखा जिल्लाबाट नै पुर्ननिर्माण सुरु गर्ने प्राधिकरणको योजना थियो । प्रमुख कार्यकारी ज्ञवालीका अनुसार पुनर्निर्माणको काम सुरु भएपछि नगद, निर्माण सामग्री र जनशक्ति बढी आवश्यक पर्ने भएकाले तीन गाविसको बीचमा बैंकिङ सुविधा र निर्माण सामग्री सहितको स्रोतकेन्द्र स्थापना हुनेछन् ।
त्यहाँ प्राधिकरणका अधिकृतस्तरका कर्मचारी हुनेछन् । पुर्ननिर्माणमा जनसहभागिता बढाउन ६० लाखबाट बढाएर २ करोडसम्मको काम उपभोक्ता समितिमार्फत गराउन लागिएको उनले जानकारी दिए । – इमेजखबरमा समाचार छ ।