सिन्धुपाल्चोकको बराम्चीमा बस दुर्घटना, घटनास्थलमै मृत्यु, अन्य नौजना घाइते

सिन्धुपाल्चोकको बराम्चीमा बुधबार बेलुका बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य नौजना घाइते भएका छन् ।
मृत्यु हुनेमा बराम्ची गाविस-९ की ४७ वर्षीया माइली तामाङ र सोही गाविस-६ का ५५ वर्षीय दावा स्याङ्बो छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरु सबैको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
काठमाडौंबाट पाङ्तान गाविसको कात्तिकेतर्फ जाँदै गरेको बा२ख २७०२ नम्बरको यात्रु बस ढाँडेनजिकको उकालो चढ्दा पछाडिको साप्ट भाँचिएर ओट लगाउँदालगाउँदै पछिहटेर करिब २०० मिटर तल खसेर दुर्घटना भएको थियो । घाइतेको राति नै उद्धार गरिएको प्रहरीले जनाएको छ । (रासस)