६६ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर काठमाडौंको त्रिपुरेश्वरस्थित राजा त्रिभुवनको शालिक पुनर्निर्माण गरिएको छ । गत वैशाख १२ गते गएको भूकम्पमा भत्किएको त्रिभुवनको शालिक पुनर्निर्माण गरिएको हो ।
पुनर्निर्मित शालिकको उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रजातन्त्र ल्याउन राजा त्रिभुवनको योगदानलाई कसैले बिर्सन नहुने बताए ।
उनले राजा र जनताको प्रयासवाट ल्याइएको प्रजातन्त्रलाई संरक्षण गर्दै मुलुक अब आर्थिक समृद्धितर्फ अग्रसर हुन लागेकाले सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।
काठमाडौं महानगरपालिकाको संयोजन र सेन्चुरी कमर्सियल बैंकको लगानीमा करिब आठ लाख रुपैयाँको लागतमा शालिक निर्माण गरिएको हो । इमेजखबरमा समाचार छ ।