नयाँदिल्लीस्थित हैदराबाद हाउसमा मोदी र ओलीबीच आपसी सम्बन्ध र पारस्परिक हित र चासोका विविध विषयमा छलफल

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता भयो ।
त्यस अवसरमा मोदी र ओलीबीच आपसी सम्बन्ध र पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो ।
साथै नेपालमा व्यापार र लगानी विस्तार, भूकम्पपछिको पुनःनिर्माण, तराई क्षेत्रमा सडकलगायत पूर्वाधार बनाउने तथा भारत भएर बंगलादेशसँगको पारवहन मार्ग सन्चालन गर्नेबारेमा सहमति भयो ।
वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले प्रधानमन्त्रीद्वयको उपस्थितिमा सहयोगसम्बन्धी समझदारीपत्र आदानप्रदान गरे ।
सन्चारकर्मीको उपस्थितिमा भएको उक्त कार्यक्रममा दुबै देशका प्रधानमन्त्रीले वार्तामा भएका निर्णयबारे जानकारी दिँदै संक्षिप्त मन्तव्य व्यक्त गरेका थिए ।
प्रधानमन्त्री ओलीले आफू र भ्रमण दलका सदस्यलाई राजकीय सम्मानकासाथ आतिथ्य प्रदान गरिएकामा राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरे ।
भारत र यहाँका जनताप्रति नेपाल र नेपालीको भावनात्मक सम्बन्ध रहेको र नेपालको विकासको भारत ठूलो साझेदार रहेको बताउँदै प्रधानमन्त्रीले भारतको साथ, सहयोग र सद्भावबाट नेपालमा लोकतान्त्रिक संविधान जारी भएको सुनाए ।
नेपालको आर्थिक समृद्धि, विकास र राजनीतिक स्थायित्व अबको आफ्नो लक्ष्य भएको पनि प्रधानमन्त्री ओलीले बताए ।
विश्वको उदीयमान अर्थतन्त्रकारुपमा अग्रसर भएको भारतबाट नेपालको आर्थिक विकासका लागि सहयोग महत्वपूर्ण हुने बताउँदै उनले भारतले हासिल गरेको विज्ञान