मधुमेहबाट बच्न खानपान र व्यायायमा जोड दिन चिकित्सकहरुले सुझाव दिए

मधुमेहबाट बच्न खानपान र व्यायायमा जोड दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।
मधुमेह समस्या र उपचार सम्बन्धि आज राजधानीमा भएको चिकित्सकहरुको भेलामा उनीहरुले निस्क्रिय जीवनशैली एंव शारीरिक व्यायाममा कमी भएमा मधुमेह रोग लाग्ने भन्दै नियमित व्यायाम गर्नु पर्नेमा जोड दिए ।
सहभागीहरुले मधुमेहबाट बच्न रगतमा चिनी ग्लुकोजको परिमाण ठिक मात्रामा राख्नु पर्ने, रक्तचाप नियन्त्रण राख्नु पर्ने, सन्तुलित एंव स्वस्थ्यकर भोजन, मधुमेह शिक्षा र जनचेतनमा जोड दिन पनि सुझाव दिएका हुन् ।
मधुमेह विशेषज्ञ प्रोफेसर सत्यमान राजभण्डारीले शरिरको आवश्यकता भन्दा बढी परिमाणमा खाना नखान, अनावश्यक तनाव नलिन सुझाव दिए ।
अहिले नेपालमा पनि मधुमेहका रोगीहरुको संख्या बढ्दै गएको भन्दै उनले यस रोगको नियन्त्रणको लागि बिषेश जनचेता आवश्यक भएकोमा जोड दिए ।  गोष्ठिमा देशभरका मधुमेह विशेषज्ञ सहभागि छन् । इमेजखबरमा समाचार छ ।