पहिलो चरणको दादुरा रुबेला तथा पोलियो खोप अभियान पर्सा जिल्लामा सुरु भएको छ।
पहिलो चरणमा वीरगन्ज उपमहानगरपालिका र आसपासका केही गाविसमा यो अभियान थालिएको हो। अभियानअन्तर्गत उपमहानगरपालिकाभित्र आवश्यक पर्ने सबै सामग्री, स्वास्थ्यकर्मी, स्वयम्सेवक परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत राजकिशोर पण्डितले बताए।
पहिलो चरणको यो अभियान आइतबारदेखि सुरु भई फागुन १७ गतेसम्म सञ्चालन हुने छ।
दोस्रो चरणअन्तर्गत यही फागुन १६ देखि २४ र तेस्रो चरणअन्तर्गत चैत १ देखि १० गतेसम्म सञ्चालन हुनेछ।
दोस्रो चरणमा पोखरिया नगरपालिकासहित २७ गाविस र तेस्रो चरणमा ४० गाविसमा अभियान सञ्चालन गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यक्रम संयोजक अनिलकुमार सिंहले बताए।
अभियानका क्रममा प्रत्येक वडामा रहने खोप केन्द्र र स्वास्थ्य संस्थामार्फत नौ महिनादेखि पाँच वर्ष उमेर समूहका करिब ७० हजारभन्दा बढी बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउने तयारी भएको उनले बताए। उक्त अवसरमा जन्मेदेखि पा