अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा औरही गाविसका तत्कालीन सचिव सोन्फीदास तत्माले सामाजिक सुरक्षाभत्ता र ग्रामीण विद्युतीकरण योजनाको रु १९ लाख ५४ हजार ८९४ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार सचिव तत्माले नक्कली बिल भरपाई बनाई कीर्ते हस्ताक्षर समेत गरेर उक्त रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको जनाइएको छ।
यस्तै गैरकानुनी रुपमा मुखिया पदमा अशोककुमार मण्डललाई नियुक्त गरी रु तीन लाख ६४ हजार ६०० भ्रष्टाचार गरेको पाइएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो असुल गरी हदैसम्मको कारबाहीको माग समेत गरिएको छ। रासस