काठमाडौं प्रहरी परिसरले आजबाट सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य वस्तु सेवन गर्नेहरुमाथि कारबाही सुरु गरेको छ। सार्वजनिक स्थलमा धु्रमपान र सुर्तीजन्य वस्तु खान सरकारले रोक लगाएको ९ महिनापछि त्यसको कार्यान्वयनमा काठमाडौं प्रहरी जुटेको हो।
सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य वस्तु सेवन गरे पहिलो पटक कारबाही स्वरुप १ सय जरिवाना प्रहरीले लिने गरेको छ। दुई वा सो भन्दा बढी सार्वजनिक स्थलमा धु्रमपान तथा सुर्तीजन्य गरे प्रहरीले नियन्त्रणमा लिने एसएसपी विक्रमसिंह थापाले जानकारी दिए।
सार्वजनिक स्थलमा धु्रमपान तथा सुर्तीजन्य सेवन गरे नगरेको अवलोकन गर्न काठमाडौं प्रहरीले १४ वटै वृतका इन्सपेक्टरको नेतृत्वमा टोली खटाएको छ। आज पहिलो दिनमा नै ५० भन्दा बढीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। पहिलो चरणमा कतिपयलाई त प्रहरीले संझाएर छाडेको छ।
ध्रुमपान तथा सुर्तीजन्य पदार्थ सेवन दुब्र्यसनीमा फस्ने पहिलो खुटकिलो भएको भन्दै अभियान चलाइएको एसएसपी थापाले बताए। ‘चुरोट खानेले गाजाँ भाङ खान थाल्छन् गाँजा र भाङ खानेले ब्राउन सुगर लिने गरेको पाइयो’, एसएसपी थापाले भने।
धुम्रपान तथा सुर्तीजन्य वस्तु सेवन क्यान्सरको समेत खानी भएको एसएसपी थापाले बताए। थापाका अनुसार प्रतिवर्ष नेपालमा धुम्रपान तथा सुर्तीजन्य वस्तु सेवन गरेर क्यान्सर भएकाहरु ३० हजार भन्दा बढी मर्ने गरेको छ ।
सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य वस्तु सेवन पछि प्रहरीले काट्ने जरिवानाको रसिद ।
सूर्य नेपालको मुख्य डिलरमा प्रहरीको सिलबन्दी
काठमाडौं प्रहरी परिसरले सूर्य नेपालको मुख्य डिलर हनुमानथानमा सिलबन्दी गरेको छ।
सूर्य चुरोटका खोल कानुन भन्दा बाहिर गएर बनाइएको र चेतनामुलुक स्टीकर नटाँसेको भन्दै प्रहरीले मुख्य डिलरमा छापा मारेर सिलबन्दी गरेको हो।
सरकारी नियम अनुसार धुम्रपान तथा सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत मानवस्वास्थ्थमा पर्ने हानी बारे उल्लेख गर्नुपर्छ । साथै प्रहरीले सो डिलरबाट ५० लाख मूल्य बराबरको चुरोटसमेत बरामद गरेको छ । सेतोपाटीमा समाचार छ ।