इतिहासकै उत्कृष्ट संविधान भन्ने एमाओवादीसँग तत्काल एकता सम्भव छैन, पार्टी एकताको विषयमा अतिरन्जित प्रचारबाजी: नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले एकीकृत माओवादीसँग पार्टी एकताको आधार अहिलेसम्म तयार भइनसकेको बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा उनले ‘पार्टी एकताको विषयमा एमाओवादीले अतिरन्जित प्रचारबाजी गरिरहेको’ आरोप लगाए ।
‘एमाओवादीका केही व्यक्ति विशेषलाई राष्ट्रपति र प्रधानमन्त्री बन्ने बाटो खोल्नकै लागि आफूहरु एकताको पक्षमा नरहेको’ बताए ।
‘आफूहरुले कुनै हालतमा स्वीकार्न नसक्ने संविधानलाई इतिहासकै उत्कृष्ट संविधान भन्ने एमाओवादीसँग तत्काल एकता सम्भव छैन- भने ।
मुलुकमा दैनिक उपभोग्य वस्तु तथा इन्धनको अभाव यथावत् रहेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले नेपाली जनताको दुःखमा मल्हम लगाउन नसकेको जिकिर गरे । – इमेजखबरमा समाचार छ ।