एमालेको भैरहवामा जनप्रर्दशन ! ‘नयाँ संविधान जनताको संविधान हो’- प्रम (फोटो फिचर)

कृष्ण खनाल
भैरहवा । नेकपा एमाले लुम्बिनी अञ्चल कमिटिको आयोजनामा भैरहवमा व्यापक जनप्रर्शन गरिएको छ । लुम्बिनी अञ्चलका ६ वटै जिल्लाबाट कार्यकर्ताहरु लाई भैरहवा ल्याएर पुर्व निर्धारित संविधानमा भएका कुराहरुलाई व्यवहारतह बुझाउन भ्रम अन्त्य गर्न भन्दै जनसभा आयोजना गरिएको थियो । 
कार्यक्रममलाई सम्बोधन गर्दै नेपाल सरकारका प्रधानमन्त्री तथा एमालेका केन्द्रिय अध्यक्ष  केपी सर्मा ओलीले  संविधान सबैको साझा दस्तावेज भएको भन्दै संविधानले हिमाली पहाडी र तराईको सबैको भावना समेटिएको बताएका छन् । 
भारत भम्रण पछिको पहिलो पटक भैरहवामा आयोजना गरिएको सार्वजनिक कार्यक्रममलाई सम्बोधन गर्न आएका प्रधामन्त्री ओलीले भने- ‘संविधानमा कसैको अधिकार कटौटी गरिएको छैन, अहिले वाहिर आएका कुराहरु सबै हल्लै हल्लामा आएका कुराहरु हुन् ।
नेपाली जनताले प्रतिक्षरत रहेको संविधान संविधान सभाबाट पारित भएर लागु हुनु कसैको लागि पनि टाउकु दुखाईको कारण हुन नहुने उनको तर्क थियो । उनले भने- ‘जनताले  अधिकार पाएन्न् भन्ने सव हल्ला मात्र हुन, कानुन बमोजिम सबै नेपालीहरुले अधिकार पाएका छन् । ‘
कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ४ का सांसद तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेल, उद्योग मन्त्री सोम प्रसाद पाण्डे, युवा तथा खेलकुद मन्त्री सत्यनारयण मण्डल, पुर्व मन्त्री राधा  ज्ञवाली, छविलाल विक लगायतले बोलेका थिए । कार्यक्रलममा गाउ गाउबाट एमाले समर्थित कार्यकर्ताहरुको बाक्लो सहभागीता रहेका थियो ।
तस्बिरहरु: कृष्ण खनालबाट