सार्वजनिकस्थलमा ‘स्वाइँस्वाइँ’ चुरोट तानेर ‘फु’ गर्दै धुवाँ उडाउने १७ जनालाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको छ ।
प्रहरी प्रभाग कोटेश्वरले धूमपान नियन्त्रण अभियानअन्तर्गत् सडक, चोक र सार्वजनिकस्थानमा धूमपान गर्नेलाई पक्राउ गर्ने अभियानलाई शुक्रबारदेखि तीव्र पारेको हो ।
शुक्रबारमात्रै कोटेश्वर क्षेत्रबाट प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिइ कारबाही गरेको प्रहरी सहायक निरीक्षक जीवन खड्काले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई रु १०० जरिवाना गरिनाकासाथै आइन्दा सार्वजनिकस्थलमा धूमपान नगर्न सम्झाइबुझाइ गरी छाडिएको थियो ।
नेपाल प्रहरीले मुलुकभर नै यो अभियान सुरु गरेको छ । रासस