नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले १३ औं महाधिवेशनमा पेश हुने नीति तथा कार्यक्रम पारित गरेको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बसेको बैठकले महाधिवेशनमा पेश हुने नीति तथा कार्यक्रम पारित गरेको हो । बैठकमा विधान संशोधन प्रस्तावमाथि पनि छलफल भएको छ ।
बैठकले संघीय ढाँचा अनुसार प्रत्येक प्रदेशबाट दुईजना केन्द्रीय सदस्य निर्वाचित गर्ने व्यवस्था पारित गरेको छ । यसअघि कांग्रेसको प्रत्येक अञ्चलबाट १-१ केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान थियो ।
विधान संशोधन प्रस्ताव समितिले पदाधिकारी संख्या बढाउनेगरी केन्द्रीय समितिमा प्रस्ताव लैजाने तयारी गरे पनि त्यसलाई अन्तिम समयमा स्थगित गरेको बुझिएको छ ।
आजको बैठकमा फाुगन २० गतेका लागि तय भएको पार्टीको १३ औं महाधिवेशनको अन्तिम तयारीका विषयमा पनि बैठकमा छलफल भएको नेताहरुले बताएका छन् । इमेजखबरमा समाचार छ ।