नारायणी नदी किनारमा सेल्फी खिच्दा युवती बेपत्ता

नारायणी नदी किनारमा सेल्फि खिचिरहेका दुई युवतीलाई नदिले बगाएको छ। नदिमा खसेमध्ये एकजनाको जिवितै उद्धार भएको छ।
आइतबार दिउँसो करिब २ बजे नदि किनारमा सेल्फी खिचिरहेका नवलपरासी गैंडाकोट नगरपालिकाका विस्मृता ज्ञवाली र नम्रता सापकोटा नदिमा खसेका थिए।
भरतपुरस्थित अरोमा कलेजमा १२ कक्षामा अध्ययनरत उनीहरूमध्ये सापकोटालाई तत्कालै उद्दार गरिएको र ज्ञवाली हराइरहेको प्रहरीले जनाएको छ।
उद्योग बाणिज्य संघ पछाडि भएको घटनामा प्रहरी र एपिएफ टोलीले खोजि ब्यापक बनाएको छ। सेतोपाटीमा समाचार छ ।