काठमाडौंका सार्वजनिक स्थानमा ध्रुमपान र सुर्तीजन्य पदार्थ खाने १ हजार जनालाई कारवाही

सार्वजनिक स्थानमा ध्रुमपान र सुर्तीजन्य पदार्थ खाने १ हजार जनालाई काठमाडौं प्रहरी परिसरले कारवाही गरेको छ।
४ दिनदेखि जारी अभियानका क्रममा १ हजार जनालाई पक्राउ गरिएको एसएसपी विक्रमसिंह थापाले जानकारी दिए। उनका अनुसार काठमाडौंका १४ वटै वृत्तबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। धेरैजसो सुन्धारा, रत्नपार्क लगायतका स्थानबाट फत्राउ परेका छन्।
सार्वजनिक स्थानमा धु्रमपान र सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई पहिलो पटक चेतावनी स्वरुप १  सय रुपैयाँ जरिवाना प्रहरीले गरेको छ। दुई वा सो भन्दा बढी सार्वजनिक स्थानमा ध्रुमपान वा सुर्तीजन्य वस्तु सेवन गरे पक्राउ गरिने थापाले चेतावनी दिए। सेतोपाटीमा समाचार छ ।