नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भूसालले कांग्रेस नेतामुखी बनेका कारण कमजोर भएको बताएका छन् । नेपाली कांग्रेसले लिएको नीति र सिद्धान्त जनता र राष्ट्र आधारित भए पनि पछिल्ला केही वर्षयता नेतामुखी कांग्रेस बनेका कारण असली कार्यकर्ता निराश बनेको उनले बताए ।
तेह्रौ महाधिवेशनमा आफ्नो उम्मेदवारी घोषणा सभामा बोल्दै पूर्वपर्यटन राज्यमन्त्री भूसालले तेह्रौं महाधिवेशन आमकार्यकर्ताका लागि पनि अवसर भएको बताए । पार्टी संचालन गर्न उमेरको कुरा भन्दा पनि सोच र चिन्तनको कुरा भएको उनले बताएका छन् ।
पार्टीमा योगदान पुर्याएका कांग्रेसको सिद्धान्तलाई राम्रोसंग बुझेका नेता कार्यकर्तामा देखिएको नैरश्यतालाई हटाउनु पनि यतिबेला कांग्रेस नेतृत्वको चुनौती बनेको उनले बताए ।
केन्द्रीय सदस्यका लागि प्रदेश नम्बर ५ बाट आफ्नो उम्मेदवारी दिएका भूसालले यो महाधिवेशनबाट पनि असल नेतृत्व आउन सकेन भने कांग्रेसको मात्र हेइन , देशकै दुर्भाग्य हुने दावी गरे । इमेजखबरमा समाचार छ ।