राष्ट्रिय पुनःनिर्माण अनुदान रकम वितरण तयारीसँगै दोलखाका भूकम्प प्रभावितहरु अलमलमा

 भूकम्पबाट भत्किएका सर्वसाधारणको घर निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यही फागुन २० गतेबाट अनुदान रकम वितरण सुरु गर्ने तयारी गरेको छ ।
प्राधिकरणले दोलखाको सिंगटीबाट अनुदान रकम बाँड्न सुरु गरेसँगै घर निर्माणको काम पनि सुरु हुनेछ । तर, प्राधिकरणको तयारीसँगै भूकम्प प्रभावितहरु भने अलमलमा परेका छन् ।
भूकम्प प्रभावितहरुले अझै सहायता पाउने व्यक्ति वा परिवारको वर्गीकरणमा समस्या रहेको, घरको नक्सापास गर्ने तरिका र सेवा केन्द्रसँगको सम्पर्कलगायतका विषयमा जानकारी नपाएको गुनासो गरेका छन् ।
उनीहरुले कार्यक्रमलाई औपचारिकतामामात्र सीमित नगर्नसमेत सुझाव दिएका छन् ।
दोलखामा भूकम्प प्रभावित परिचयपत्र नपाएका ९ हजार, अस्थायी आवासबापतको रकम नपाएका १० हजार र न्यानो कपडाबापतको रकम नपाएका १५ हजारजना रहेको बताइएको छ । इमेजखबरमा समाचार छ ।