सरकारले सहिद्को संख्या थप गरेको छ।
मन्त्रिपरिषद्को बुधबार सिंहदरबारमा बसेको बैठकले सहिदको संख्या थप गरेको हो। बैठकले निरंकुश शासनविरुद्ध संघर्ष गर्ने क्रममा ज्यान गुमाएको भन्दै बुधबार २२ जनालाई सहिद घोषणा गरेको हो।
सरकारले डडेल्धुराका भीमदत्त पन्त, धनुषाका दुर्गानन्द झा, गुल्मीका शमसेरबहादुर खत्री, झापाका रामनाथ दाहाल लगायतका २२ जनालाई सहदि् घोषणा गरेको सूचना तथा संचारमन्त्री शेरधन राईले जानकारी दिए।
मुलुकमा हाल सरकारले सहिद घोषणा गरेकाहरुको संख्या करिब ९ हजार छ। मन्त्रिपरिषद् बैठकले थप सहिद्हरुको पहिचान गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।
सरकारले टिम्बुरबोटे, पिस्कर लगायत घटनामा ज्यान गुमाएकाहरुको नाम पहिचान गरेर सहिद् घोषणाका लागि सिफारिस गर्न रावलको संयोजकत्वमा उपप्रधानमन्त्री तथा सहकारीमन्त्री चित्रबहादुर केसी, गृहमन्त्री शक्ति बस्नेत, भूमिसुधारमन्त्री रामकुमार सुब्बा र सिंचाइमन्त्री उमेश यादव सदस्य रहेको समिति गठन गरेको हो। सेतोपाटीमा समाचार छ ।