जापानद्वारा भूकम्पबाट क्षति पुगेको पाटन दरबार क्षेत्रको पुनःनिर्माणका लागि सहयोग

 जापानले भूकम्पबाट क्षति पुगेको पाटन दरबार क्षेत्रको पुरातात्विक तथा साँस्कृतिक महत्वका सम्पदाहरुको पुनःनिर्माणका लागि सहयोग उपलब्ध गराएको छ ।
कृष्ण मन्दिर, चार नारायण मन्दिर, विश्वेस्वर मन्दिर र मणिमन्डप पाटीको जिर्णोद्वार, पुनःनिर्माण तथा संरक्षणका लागि करिब ८४ लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको हो ।
/>जापानी दूतावासमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जापानी राजदूत मासासी ओगावा र काठमाडौं उपत्यका सम्पदा संरक्षण कोषका नेपाल कार्यक्रम निर्देशक डा. रोहित रन्जितकारले समझदारीपत्रमा हस्ताक्षर गरे ।
सो अवसरमा जापानी राजदूत ओगावाले सहयोग रकम मन्दिरको जिर्णोद्वार, पुनःनिर्माण तथा संरक्षणका लागि आवश्यक उपकरणहरु खरिद गरिने जानकारी दिए ।
उनले भूकम्पले क्षति पु-याएका काठमाडौंका सांस्कृतिक सम्पदाहरुकोे संरक्षणका लागि जापानले पुरातत्व विभागसँग मिलेर काम गरिरहेको जानकारी पनि दिए । इमेजखबरमा समाचार छ ।