बंगलादेशका सञ्चारमन्त्री हसनुल हक इनुद्वारा जनताको गरिबी निवारण गर्न साझेदारीमा जोड

 बंगलादेशका सूचना तथा सञ्चारमन्त्री हसनुल हक इनुले गंगा, ब्रह्मपुत्र र मेघना नदीको व्यवस्थापनले नेपाल, भुटान, भारत र बंगलादेशका जनताको गरिबी निवारण गर्न सकिने बताएका छन् ।
आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा सञ्चारमन्त्री हसनुलले यस अभियानमा साझेदारी गर्नुपर्नेमा जोड दिए ।
बंगलादेशका स्वतन्त्रता संग्राममा हतियार सहयोग गरेर नेपालले गुण लगाएको र दुई देशबीचको सांस्कृतिक बन्धन सदियौंदेखि प्रगाढ रहेको उल्लेख गर्दै उनले अहिले बंगलादेशबाट प्रत्येक वर्ष नेपालमा ७ हजार पर्यटक भित्रने गरेको जनाए । सडकको विकासवाट यो संख्या अझ बढ्नसक्ने सम्भावना रहेको उनको भनाई थियो ।
बंगलादेशलाई उर्जाको आवश्यक परेको र त्यसका लागि नेपाललाई प्रस्ताव गरिसकेको जानकारी दिदै सञ्चारमन्त्री इनुले यसप्रति नेपाल र बंगलादेशका सरकार दुबै सकारात्मक रहेको बताए । इमेजखबरमा समाचार छ ।