प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो महाधिवेशनपछि नेपाली काँग्रेस पनि वर्तमान सरकारमा आउने बताएका छन्।
नेकपा (एमाले) नुवाकोटको छैटौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कतिपयले काँग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुन्छ भन्ने हल्ला मात्र चलाएको बरु सरकार परिवर्तन नभई काँग्रेस पनि सरकारमा आउने जिकिर गरे।
संविधान बनेपछि जनताका अधिकार स्थापित भएको बताउँदै उहाँले अब देश समृद्धिको बाटातर्फ अघि बढेको बताए। उनले भने