कांग्रेसको १३औं महाधिवेशनअन्तर्गत् प्रतिनिधिहरुको सुझावसहित विभिन्न प्रतिवेदन पारित

नेपाली कांग्रेसको १३औं महाधिवेशनअन्तर्गत् काठमाडौंको भृकुटीमन्डपमा भएको बन्दसत्रबाट प्रतिनिधिहरुको सुझावसहित विभिन्न प्रतिवेदन शनिबार पारित गरिएको छ ।
बन्दसत्रबाट कार्यबाहक सभापति रामचन्द्र पौडेलका तर्फबाट नेता महेश आचार्यले पेश गरेको नीति तथा कार्यक्रम, महामन्त्री कृष्ण सिटौलाले पेश गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष चित्रलेखा यादवले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरिएको हो ।
प्रतिवेदन पारित गर्दै कांग्रेसले नयाँ संविधानको सफल कार्यान्वयन र आर्थिक विकासमा जोड दिएको छ ।
कांग्रेस महाधिवेशनअन्तर्गत् आइतबार नयाँ नेतृत्व र कार्य समिति चयनका लागि चुनाव हुनेछ ।
आइतबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म राष्ट्रिय सभागृहमा मतदान हुने निर्वाचन समिति संयोजक राधेश्याम अधिकारीले जानकारी दिए । – इमेजखबरमा समाचार छ ।