नेपाली कांग्रेस महाधिवेशन: सिटौलाले मत बढाउँदै लगेर देउवालाई पहिलो चरणमा रोके

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको चुनाव हुने भएको छ। पहिलाे  चरणको चुनावमा कुनै उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव हुने भएको हो। 
 
आइतबार भएको चुनावको मतगणना नेता शेरबहादुर देउवाले सुरुवाती अग्रता लिएपनि पछिल्लो चरणमा उनको अग्रता घट्दै गयो। करिब आधा मत गन्दासम्म पनि देउवाले ५० प्रतिशतभन्दा बढी मत ल्याएका थिए। त्यतिबेला अर्का उम्मेद्वार कृष्ण सिटौलाको मत  १० प्रतिशतभन्दा कम थियो। 
 
पछिल्लो चरणमा देउवाको भोट घट्यो भने सिटौलाको भोट उकालो लाग्यो। कुल ३१ सय ४८ मतमध्ये देउवाले १५६४ मत ल्याएका थिए। उनका निकटतम् प्रतिष्पर्धी रामचन्द्र पौडेलले ११६० मत ल्याएका थिए। सिटौलाले ३२४ मत ल्याएका थिए।
 
३ सय २४ मत ल्याएपछि सिटौला दोस्रो चरणको निर्वाचनमा भाग लिन पाउने छैनन्। तर उनी दोस्रो चरणको चुनावको लागि