प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले राजनीतिक र निर्वाचनका क्षेत्रमा ३३ प्रतिशत र स्थानीय निकायमा महिलाको ४० प्रतिशत आरक्षण सुनिश्चित गरेकाले अब सबै मिलेर संविधान कार्यान्वयनमा लाग्नुपर्ने बताएका छन् ।
नारी दिवसको अवसरमा मंगलबार राजधानीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘आरक्षण छ भन्दैमा त्यसकोमात्र भर नपरी छोरीलाई पनि शिक्षा, सीपमूलक तालिमलगायतका अवसर दिएर योग्य बनाउनुपर्ने’मा जोड दिए ।
प्रधानमन्त्री ओलीले महिलाहरुको सामाजीकीकरण, सवलीकरण, शसक्तिकरण र उत्थानका लागि सरकार प्रतिबद्ध रहेको पनि बताए ।
कार्यक्रममा उपप्रधान तथा महिला बालबालिकामन्त्री सीपी मैनालीले संविधानले महिलाको अधिकारको सुनिश्चित गरेको भन्दै सबै मिलेर त्यसको कार्यान्वयनमा लाग्नुपर्ने बताए । – इमेजखबरमा समाचार छ ।